सुनचाँदीको मूल्य घट्यो
काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार छापावाला सुन २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोवार भएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०८२ ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

