Harsamaya
ज्येष्ठ नागरिकप्रति सम्मान : छायानाथ रारा नगरपालिकाद्वारा न्यानो कपडा वितरण

मुगु - मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ६ र ७ का ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा ब्ल्याङ्केट वितरण गरिएको छ ।शनिबार ‘नगर प्रमुखसँग ज्येष्ठ नागरिक कार्यक्रम’ अन्तर्गत नगर प्रमुख श्री विष्णु कुमार भामको विशेष उपस्थितिमा ज्येष्ठ नागरिकलाई चिसो मौसमबाट जोगिन सहयोग पुग्ने उद्देश्यले ब्ल्याङ्केट प्रदान गरिएको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा नगरवासीहरूको समेत सहभागिता रहेको थियो । नगरपालिकाले ज्येष्ठ नागरिकहरूको सम्मान, सुरक्षा तथा हेरचाहलाई प्राथमिकतामा राख्दै हरेक वर्ष यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । चिसो मौसममा ज्येष्ठ नागरिकलाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यो पहललाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update