विश्व मुख स्वास्थ्य दिवस
काठमाडौं - आज विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो । शरीरका सम्पूर्ण अङ्गहरूलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्त्वहरू मुखबाटै खाने गरिन्छ । पेटमा कुनै स्वास्थ्य समस्या भएमा वा अन्य रोग लागेमा औषधि सेवन गर्ने पनि मुखबाटै हो । तर मुख नै स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन ।
यस वर्षको विश्व मुख स्वास्थ्य दिवसको विषयवस्तु ‘खुसी मुख...खुसी जीवन’ भन्ने रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२ ०७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

