चैत १३ मा बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन्।
रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले बीच बिहीबार भएको छलफलले प्रधानमन्त्रीको शपथ लिने मिति तय गरेको हो।
उपसभापति वाग्लेले दिएको जानकारी अनुसार चैत १३ गते शाहले प्रधानमन्त्री पदको शपथ लिनेछन् भने चैत १२ गते सांसदहरूको शपथ हुने तय भएको छ।
प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२ २०:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

