समानुपातिकतर्फ ११० सांसद निर्वाचित घोषणा [सूचीसहित]
काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ ११० जना सांसद निर्वाचित भएको घोषणा गरेको छ।
आयोगले सोमबार सूचना जारी गर्दै विभिन्न ६ वटा राजनीतिक दलबाट निर्वाचित हुने सांसदहरूको नामावली सार्वजनिक गरेको जनाएको छ।
समानुपातिक प्रणालीमा दलहरूले प्राप्त गरेको कुल सदर मतका आधारमा सीट बाँडफाँट गरी सांसद चयन गरिएको आयोगले स्पष्ट पारेको छ। आयोगका अनुसार तीन प्रतिशत मत कटाएका दलहरूलाई मात्रै समानुपातिकतर्फ प्रतिनिधिसभामा सीट प्रदान गरिएको हो।
निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार सम्बन्धित दलहरूले पेश गरेको बन्दसूची र संवैधानिक समावेशी मापदण्डका आधारमा सांसदहरूको नाम टुंग्याइएको जनाएको छ।



प्रकाशित मिति: सोमबार, चैत २, २०८२ १८:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

