Harsamaya
श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ सांसदको नाम सिफारिस
हर्क साम्पाङ ।

काठमाडौं - श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ चार जना सांसदको नाम टुंग्याएको छ।

प्रतिनिधिसभा निर्वाचनमा प्राप्त समानुपातिक मतको आधारमा पार्टीले समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै चार जनाको नाम सिफारिस गरेको जनाएको छ।

पार्टीले सिफारिस गरेका नामहरूमा मन्दिरा मोक्तान (आदिवासी महिला), अम्बिका संग्रौला (खस–आर्य महिला), राधिका रम्तेल (दलित) र पूर्ण लिम्बू (आदिवासी जनजाति) रहेका छन्।

समानुपातिक प्रणालीअन्तर्गत निर्वाचन आयोगमा पठाइने अन्तिम सूचीका रूपमा यी नामहरू सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update