ललितपुर - नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीभित्र प्राप्त भएका अनुशासन उल्लंघनसम्बन्धी उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ।
समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बिहीबार पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले केन्द्रीय अनुशासन समितिमा प्राप्त भएका विभिन्न अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ।
त्यस्तै बैठकले अनुशासन समितिको कार्यविधि–२०८२ को उपदफा १.१ अनुसार केन्द्रीय कार्यालयका सह–सचिवदिनेश थापामगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।
उक्त निर्णयबारे जानकारी दिँदै कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्तिमार्फत समितिले आवश्यक प्रक्रियाअनुसार उजुरीमाथि अध्ययन गर्ने बताए।


