शुक्रबारदेखि बजारमा आधा सिलिन्डर ग्यास पठाउने
काठमाडौं - बजारमा देखिएको ग्यास अभावलाई व्यवस्थापन गर्न नेपाल आयल निगमले नयाँ उपाय अपनाएको छ। निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डर ग्यास पठाउने निर्णय गरेको हो।
निगमका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास खरिद गर्न सक्नेछन्। यसरी वितरण गर्दा सीमित ग्यास धेरै उपभोक्तासम्म पुर्याउन सकिने अपेक्षा गरिएको छ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै निर्धारण गरिएको छ।
भारतबाट मागअनुसार ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिएपछि यस्तो व्यवस्था लागू गरिएको हो। निगमले आधा सिलिन्डर (७.१ केजी) मात्रै भरेर बिक्री गर्दा बजारमा देखिएको चाप केही कम हुने विश्वास गरेको छ।
प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२ १८:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

