१ लाख ३३ हजार निर्वाचन प्रहरीको बिदाइ
काठमाडौं - फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको ४० दिनको सेवा पूरा भएपछि बिहीबार विदाई गरिएको हो । विदाई कार्यक्रममा निर्वाचन प्रहरीलाई धन्यवाद पत्रसहित सम्मान गरिएको थियो ।
नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भनाइ गरेका थियो । जसमध्ये काठमाडौंमा ३ हजार ८५४, भक्तपुरमा १ हजार ९३ तथा ललितपुरमा १ हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।
त्यस्तै सशस्त्र प्रहरी बलले पनि निर्वाचन प्रहरीलाई बिदाइ गरेको छ । सशस्त्रले निर्वाचन सुरक्षामा १५ हजार ११० जना निर्वाचन प्रहरीलाई परिचालन गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२ १३:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

