काठमाडौं - आज देशैभर साधरणतया र आंशिक बादल देखिने पूर्वानुमान गरिएको छ । देशका केही स्थानमा भने मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।
यही बादलका कारण कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा मधेश प्रदेशको थोरै स्थानहरू, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ महाशाखाको पूर्वानुमान रहेको छ ।
आज राति पनि मौसम बदली जारी भई देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसम

