Harsamaya
कस्तो रहला आजको मौसम ?
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागेको छ। 

सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भामामा  साधरणतया बादल लाग्नेछ।  बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ । 

कोशी, मधेस, बागमती, गण्डकी प्रदेश सहित लुम्बिनी  प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update