Harsamaya
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुने प्रधानमन्त्रीको प्रतिबद्धता
जाँचबुझ आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री गौरीबहादुर कार्की ।

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को घटना जाँचबुझ आयोगबाट प्राप्त प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा लगिने बताएकी छिन् ।

उक्त आयोगको प्रतिवेदन ग्रहण गरेपछि उनले त्यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताइन् । 

प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढाउने र त्यसलाई आवश्यकतानुसार सार्वजनिक पनि गर्ने बताइन् । 

प्रधानमन्त्री कार्कीले भनिन्, ‘सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गछौँ यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौ ।’ उनले प्रतिवेदनमा यथार्थ वस्तुस्थिति र सत्यतथ्य समावेश भएको विश्वास पनि व्यक्त गरिन् । 

साथै प्रधानमन्त्री कार्कीले आयोगका अध्यक्ष एवं सदस्यहरूले गरेको मेहनतको सराहना गरेकी छिन् । 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update