Harsamaya
सुनचाँदीको मूल्य बढ्यो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा तीन हजार ५०० र चाँदी प्रतितोला ३० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुनको मोल प्रतितोला तीन लाख १६ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ४७५ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन तीन लाख १३ हजार ४०० र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४४५ मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update