Harsamaya
कर्णालीमा कांग्रेस पहिलो अरु दलको सिट कति ?
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस कर्णाली प्रदेशमा सबैभन्दा ठूलो दल बनेको छ। कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले पाँच क्षेत्रमा जितेको छ । 

कांग्रेसबाट सुर्खेत–१ मा बिष्णु बहादुर खड्का, दैलेख–१ मा बासना थापा, जाजरकोटमा खडक बहादुर बुढा, हुम्लामा जयपति रोकाय र मुगुमा खड्क बहादुर शाही  विजयी भएका छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ले सुर्खेत–२ मा रमेश कुमार सापकोटा मार्फत एक सिट जितेको छ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले चार क्षेत्रमा जित हात पारेको छ। रुकुम पश्चिममा गोपाल शर्मा, सल्यानमा रमेश कुमार मल्ल, डोल्पामा धन बहादुर बुढा र कालिकोटमा महेन्द्र बहादुर शाही विजयी भएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट जुम्लामा ज्ञान बहादुर शाही विजयी भएका छन् भने नेकपा एमालेबाट दैलेख–२ मा लक्ष्मी प्रसाद पोखरेलले जितेका छन् । 

यसरी हेर्दा कर्णाली प्रदेशका १२ सिटमध्ये कांग्रेस ५, माओवादी केन्द्र ४, राष्ट्रिय स्वतन्त्र पार्टी १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र एमाले १ सिटमा जितेको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update