Harsamaya
आज  ६ प्रदेशमा वर्षाको सम्भावना
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा भूभागमा साधरणतया बादल लाग्नेछ।  देशको बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।  तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। 

आज राति भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल  लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । कोशी र गण्डकी प्रदेशको  पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बागमती प्रदेशको  पहाडी र हिमाली भूभाग तथा कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update