सिन्धुपाल्चोक - सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुली निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपाका माधव सापकोटालाई ७ हजार ८५ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।
अन्तिम मत परिणाम अनुसार पराजुलीले २४ हजार ४ सय १२ मत प्राप्त गर्दा सापकोटाले १७ हजार ३ सय २७ मत पाएका छन्। त्यसै गरी नेकपा एमालेका सुरेश नेपालले ११ हजार ९ सय ६१ मत ल्याउँदा नेपाली काँग्रेसका जङ्ग बहादुर लामाले ११ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।
सिन्धुपाल्चोक -०१ को मत अपडेट :-
भरत प्रसाद पराजुली (राष्ट्रिय स्वतन्त्र पार्टी) =24,412
माधव सापकोटा (नेपाली कम्युनिष्ट पार्टी) = 17,327
सरेश नेपाल (नेकपा एमाले) = 11,961
जंगबहादुर लामा (नेपाली कांग्रेस) =11,293
प्रताप लामा (उज्यालो नेपाल पार्टी) = 2,421
राम मणी न्यौपाने (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 490
दावा लामा (मंगोल नेशनल अर्गनाइजेसन) =340
फुर्वा तामाङ (श्रम संस्कृति पार्टी) =282
समिर श्रेष्ठ (नेपाल कम्युनिस्ट पार्टी _माओवादी) =201
दावा ग्याछोलामा (राष्ट्रिय जनमोर्चा) = 92
गिता देवी कर्माचार्य (नेपाल मजदुर किसान पार्टी) = 56
पासाङ शेर्पा (जनता समाजवादी पार्टी, नेपाल) =55
सन्त कुमार तामाङ (स्वतन्त्र) =39
पासाङ्ग तामाङ्ग (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 31
असोक बहादुर श्रेष्ठ (नागरिक सर्वोच्चता पार्टी नेपाल_एकल चुनाव चिन्ह) =29
पदम बहादुर तामाङ (स्वतन्त्र) = 22
राजन सुन्चुरी (मितेरी पार्टी नेपाल) =20
सानु तामाङ(स्वतन्त्र) =17
जम्मा मतदाता : १३८०१३ (७२०४० पुरुष र ६५९७३ महिला)

