Harsamaya
नेपाली साहित्यका नाटककार तथा चित्रकार बालकृष्ण समको १२३औं जन्मजयन्ती मनाइयो (फोटो फिचर)

काठमाडौं - बालकृष्ण सम नेपाली साहित्यका ज्वाजल्यमान नक्षत्र हुन् । उनले दिएका कृतिहरू आजपनि नेपाली साहित्य क्षेत्रमा उतिकै लोकप्रिय छन् । वि.सं. १९५९ साल माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा जन्मिएका समको आज १२३औं जन्मजयन्ती मनाइएको छ । काठमाडौंको कमलपोखरीमा नेपली शिक्षा परिषद् काठमाडौं र काठमाडौं महानगरपालिका वडा नम्बर १ को आयोजनाम विशेष कार्यक्रम भएका छन् । 

को हुज् बालकृष्ण सम ? 
बालकृष्ण सम नेपाली साहित्यका नाटककार र चित्रकार थिए । उनी राणा परिवारका थिए। वि.सं. २००७ सालको क्रान्तिपछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले 'शमशेर जङ्बहादुर राणा' हटाई 'सम' मात्रै लेखेका थिए ।

डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा मुटुको व्यथा , मुकुन्द-इन्दिरा , प्रह्लाद, अन्धवेग , भक्त भानुभक्त , प्रेमपिण्ड , अमरसिंह, स्वास्नीमान्छे आदि पर्दछन्। यी नाटकमध्ये मुटुको व्यथा, मुकुन्द-इन्दिरा, म आदि सामाजिक हुन् भने अमरसिंह, भक्त भानुभक्त, भीमसेनको अन्त्य आदि ऐतिहासिक हुन्।

लघुनाटक (एकाङ्की) देखि प्रेमपिण्ड जस्तो महानाटक दिएर नेपाली साहित्यलाई समृद्ध पार्ने सम बहुमुखी र नेपालीले गर्व गर्न लायक प्रतिभाशाली साहित्यकार हुन्। आधुनिक नेपाली नाटकका प्रारम्भकर्ताका रूपमा पनि उनको उत्तिकै ख्याति छ।

उनको मृत्यु वि.सं. २०३८ साल साउन ६ गते, पशुपति आर्यघाट, काठमाडौँमा भएको थियो।

Bal-Krishna-Sam-1782229987.jpg
Bal-Krishna-Sam-10-1738835032-1782230003.jpg

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update