बाँकेका सहायक सिडिओ गुरुङद्वारा भुवार भवानी मावि मतदान स्थलको अनुगमन
बाँके - जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले राप्ति सोनारी गाउँपालिका–५ स्थित भुवार भवानी माध्यमिक विद्यालयमा निर्माण गरिएको मतदान स्थलको अनुगमन गरेका छन् ।
भोलि (फागुन २१) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राप्ति सोनारी गाउँपालिका–५ स्थित भुवार भवानी माध्यमिक विद्यालयमा निर्माण गरिएको मतदान स्थलको अनुगमन गरेका हुन् ।
उक्त मतदान स्थलमा तीन वटा मतदान केन्द्र रहेकोमा आवश्यक तीन वटै बुथ तयारी अवस्थामा राखिएको छ । निर्वाचनलाई शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रशासनले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२ १९:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

