Harsamaya
लन्डनमा नेपाली युवालाई ठक्कर दिने र्‍यापरलाई १२ वर्ष जेल सजाय‚ १७ वर्षसम्म सवारी चलाउन रोक

काठमाडौं- बेलायती र्‍यापर जस्टिन क्लार्क स्यामुएललाई १२ वर्ष जेल सजाय सुनाइएको छ। २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङको ज्यान गएको घटनामा उनलाई उक्त सजाय सुनाईएको हो । 

लन्डनस्थित ओल्ड बेली अदालतले उनलाई जेल सजायसँगै आगामी १७ वर्षसम्म सवारी चलाउन नपाउने गरी प्रतिबन्ध लगाएको हो। गत १८ अक्टोबरमा उत्तर–पूर्वी लन्डनको इलफोर्डस्थित रेडब्रिज लेन इष्टमा सडक पार गर्दै गरेका युबिनलाई तीव्र गतिमा चलाइएको बीएमडब्लु कारले ठक्कर दिएको थियो। 

ठक्करपछि चालक फरार भएका थिए।  ‘हिट एन्ड रन’ दुर्घटनामा गम्भीर घाइते युबिनको दुई दिनपछि उपचारका क्रममा मृत्यु भएको थियो।

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update