Harsamaya
५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
प्रतिकात्मक तस्विर: हर समय/Har samaya

काठमाडौं - नेपाली बजारमा आइतबार साताको कारोबारको पहिलो दिन सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुंपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य ३ लाख १४ हजार ९ सय रुंपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।आज चाँदी मूल्य तोलामा ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update