प्रसाईँलाई पक्राउ गर्न प्रहरी पुगे उनकै घर
काठमाडौं - दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेका छन् । प्रहरीका एक अधिकारीले प्रसाईँलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको जानकारी दिए ।
पटक पटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी आइतबार बिहानै उनको भक्तपुरस्थित घरमा पुगेको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा प्रसाईँले चुनाव बिथोल्ने अभिव्यक्ति दिँदै आएका छन् ।
उनी केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए । राजावादी अभियन्ता प्रसाईँसँग सरकारले पटक पटक वार्ता गरे पनि उनले आफ्ना माग पूरा नभएको बताउने गरेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२ ०८:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

