Harsamaya
आचारसंहिता उल्लंघन गरेका उम्मेदवार र पार्टीलाई २५ हजार जरिवाना
निर्वाचन आयोग । तस्विर: हर समय/Har Samaya

काठमाडौं - निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत, स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई कारबाही गरेको छ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार आचारसंहिता उल्लंघन गरेको ठहर भएपछि तीनै पक्षलाई २५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरिएको हो।

आचारसंहिता उल्लंघनसम्बन्धी आयोगले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारबाहीस्वरूप जरिवाना तिराउने निर्णय गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update