Harsamaya
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । भने चाँदीको बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १३० रुपैयाँले बढेको छ । आज चाँदीका मूल्य तोलामा ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update