सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं - साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
शुक्रबार सुन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भैइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२ ११:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

