Harsamaya
 सुनको मूल्य स्थिर, चाँदीको घट्यो
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।-

बिहीबार (हिजो) पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

बिहीबार चाँदी ५ हजार ६० रुपैयाँमा किनबेच भइरहेको थियो भने बुधबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update