Harsamaya
पश्चिमी वायुको प्रभाव कायमै, आज कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं -  हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ। देशका उच्च पहाडी र हिमाली भूभागमा  आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहनेछ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति भने तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र  बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ । 

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update