Harsamaya
बागतीका ऊर्जामन्त्री तामाङलाई पितृशोक 
श्रीमान तामाङ ।

काठमाडौं - बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलाई पितृशोक परेको छ । सोमबार बिहान सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ थकनीस्थित आफ्नै निवासीमा मन्त्री तामाङका पिता श्रीमान तामाङको निधन भएको हो ।

नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका श्रीमान तामाङको ८३ वर्षको उमेरमा निधन भएको हो । मन्त्री तामाङका पिता केही समयदेखि अस्वस्थ रहेका थिए । मस्तिष्क घातबाट पीडित श्रीमान तामाङ नियमित रूपमा चिकित्सकको सम्पर्कमा रहेका थिए ।

उनको तामाङ विधि अनुसार मेलम्ची–४, थकनीस्थित ओख्रेनीचौरमा दाहसंस्कार गरिने मन्त्री तामाङका स्वकीय सचिव दीपेश खनालले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update