Harsamaya
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - फागुन महिनाको दोस्रो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २३ सय रुपैयाँले बढेको हो ।

शुक्रबार ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदी आज १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update