काठमाडौं - नेपाली सेनाले आफ्नो २६३औँ वार्षिकोत्सव आज देशभर विविध कार्यक्रम गरी मनाउँदै छ।
रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा विशेष समारोह आयोजना हुँदैछ। राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुनुहुन्छ।
महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाइँदै आएको छ। समारोहमा परेड, तोप बढाइँ, कवाज तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।
नेपाली सेना राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षामा सक्रिय रहँदै आएको छ। साथै, संयुक्त राष्ट्रसङ्घ को शान्ति स्थापनामा सन् १९५८ देखि हालसम्म ४४ मिसनमा सहभागिता जनाउँदै अन्तरराष्ट्रिय क्षेत्रमा पनि विश्वसनीय छवि बनाएको छ।
विपद् व्यवस्थापन, विकास निर्माण र राष्ट्रिय गौरवका आयोजनामा समेत सेनाको उल्लेखनीय योगदान रहँदै आएको छ।

