Harsamaya
सुनचाँदीको मूल्य घट्यो
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - फागुन महिनाको पहिलो कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन हजार रुपैयाँले घटेको हो ।

बिहीबार ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी आज ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा कारोबार भैइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update