Harsamaya
तोलामा एक सयले घट्यो सुनको मूल्य
सांकेतिक तस्विर: हर समय/Har Samaya

काठमाडौं - स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने ५० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख ६ हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार ३४० कायम भएको छ । 

बुधबार छापावाल सुन प्रतितोला तीन लाख ६ हजार ६०० र एक तोला चाँदीको मोल पाँच हजार २९० कायम भएको थियो । गत मङ्गलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार २४० कायम भएको थियो । 

गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० मा खरिद बिक्री भएको थियो ।  

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update