Harsamaya
नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक
स्वर्ण पदक लिदैं नेपाली सेना ।

काठमाडौं - नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौँ पाकिस्तान आर्मी स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेको छ ।

यही माघ २२ गतेदेखि २४ गतेसम्म पाकिस्तानको पञ्जाव प्रान्तको खरियाँस्थित ‘नेशनल काउन्टर टेराेरिजम सेन्टर’मा आयोजित प्रतियोगितामा सर्वोत्कष्ट अंकसहित स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ ।
 
प्रतियोगितामा पाकिस्तानसहित १७ राष्ट्रका ३८ सैनिक टोली सहभागी थिए । अभ्यासमा टोलीहरुको शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान, रण कौशललगायतका क्षमताको परीक्षण गरिएको थियो ।

सन् २०१६ देखि वार्षिक रुपमा सञ्चालन हुँदै आएको अन्तरराष्ट्रिय स्तरको उक्त प्रतियोगितामा नेपाली सेनाले यसअघि सन् २०२२ र सन् २०२५ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update