Harsamaya
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेर प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घट्दै पाँच हजार २४० रुपैयाँमा झरेको छ। सोमबार चाँदीको मूल्य पाँच हजार २५० रुपैयाँ थियो।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update