Harsamaya
राष्ट्रिय सभाले सामाजिक सञ्जाल विधेयक सर्वसम्मत फिर्ता गर्‍यो
सांकेतिक तस्विर: हर समय/ Har samaya

काठमाडौं - राष्ट्रिय सभाले सरकारबाट आएको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाका अध्यक्ष नारायण दाहालले निर्णय घोषणा गरेका हुन् । 

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले समितिको प्रतिवेदन पेश गर्दै विधेयकमा विभिन्न चरणमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र सरोकारवालासँग छलफल भएको जानकारी दिइन् । 

मन्त्रालयले गत माघ २० गते विधेयक फिर्ता माग्ने निर्णय गर्दै माघ २१ गते सरकारको तर्फबाट औपचारिक पत्र पठाएको थियो।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update