४ हजारले बढ्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो ।
आइतबार ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको सुन आज बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ २६, २०८२ ११:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

