Harsamaya
रुसी जनरलमाथि गोली हान्ने दुबईबाट पक्राउ
प्रतिकात्मक तस्विर : हर समय/Har Samaya

एजेन्सी - रुसी वरिष्ठ सैन्य गुप्तचर अधिकारी भ्लादिमिर एलेक्सेयेभलाई मस्कोमा गोली हानी घाइते बनाएको आरोपमा एक जना रुसी नागरिकलाई दुबईबाट पक्राउ गरिएको छ। रुसी सुरक्षा सेवा एफएसबीले आइतबार उक्त जानकारी दिएको हो।

संयुक्त अरब इमिरेट्समा पक्राउ परेका करिब ६० वर्षीय संदिग्धलाई रुस सुपुर्दगी गर्ने प्रक्रिया अघि बढाइएको छ। एलेक्सेयेभ शुक्रबार मस्कोस्थित एक अपार्टमेन्टमा गोली लागेर गम्भीर घाइते भएका थिए।

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले उक्त घटनाको योजनाकार युक्रेन भएको आरोप लगाएका छन्। यस विषयमा किएभले कुनै टिप्पणी गरेको छैन।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update