सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं - साताको पहिलो कारोबारको दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो।
शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २५, २०८२ ११:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

