Harsamaya
राष्ट्रियसभा अन्तर्गत दुई वटा समितिको बैठक बस्दै

काठमाडौं - संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुई वटा समितिका बैठक आज बस्दैछ । आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ः३० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै बिहान बिहानको ११ः३० बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग छलफल हुनेछ ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update