Harsamaya
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
सांकेतिक तस्वीर: हरसमय/Har samaya

काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहने महाशाखाले जनाएको छ।  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ। कोशी  प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  ०६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update