Harsamaya
प्रधानसेनापति खुला म्याराथनमा राजन रोकाय प्रथम
 प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता ।

काठमाडौं -  प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाका अमल्दार राजन रोकाय प्रथम भएका छन्। उनले ४२.१९५ किलोमिटर दूरी २ घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरेका हुन्।

महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा आयोजित प्रतियोगितामा सेनाकै खड्गबहादुर खड्का दोस्रो भएका छन्।

२१ किलोमिटर हाफ म्याराथनमा पुरुषतर्फ गजिन्द्र राई र महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भएका छन्।

‘बलियो एकता, सुरक्षित राष्ट्र’ नारासहित आयोजित प्रतियोगितामा ४२.१९५ किमी म्याराथन, २१ किमी हाफ म्याराथन, १० किमी दौड तथा पाँच किमी वाकाथन समावेश थियो।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update