Harsamaya
विशेष महाधिवेशनपछि बनेको काँग्रेसको नयाँ नेतृत्वले अब परिणाम देखाउनुपर्छ - खगेन्द्र सङ्ग्रौला
राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौला ।

काठमाडौं - राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली कांग्रेसको ऐतिहासिक भूमिकाको चर्चा गर्दै अब पार्टीको मूल्यांकन वर्तमान नेतृत्वको कामका आधारमा हुने बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ‘गैरकांग्रेसको दृष्टिमा अबको कांग्रेस’ विषयक कार्यक्रममा बोल्दै उनले नागरिक अधिकार र लोकतन्त्र प्राप्तिमा कांग्रेसको योगदान रहेको उल्लेख गरे। तर विशेष महाधिवेशनपछि बनेको नयाँ नेतृत्वले अब परिणाम देखाउनुपर्ने समय आएको उनको भनाइ थियो।

उनले गगन थापा र विश्वप्रकाश शर्माको भूमिकालाई कांग्रेसभित्र देखिएको परिवर्तनसँग जोड्दै पार्टीभित्र नेतृत्व हस्तान्तरण भएको बताए।

सङ्ग्रौलाले कांग्रेसलाई उदार लोकतान्त्रिक दलको रूपमा चित्रण गर्दै पार्टीभित्र भिन्न मत राख्ने परम्परा रहेको बताए।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update