Harsamaya
सुनचाँदीको मूल्य घट्यो
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार  र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ७१० कायम भएको छ । 

बिहीबार सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९८० कायम भएको थियो । 

गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ६०० कायम भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ३३५ कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको सेतो धातु ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update