रवि लामिछाने आज चितवन जाँदै
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज निर्वाचन क्षेत्र चितवन जाने भएका छन् । सभापति लामिछानेले सामाजिक सञ्जाल मार्फत आज बिहान चितवन जाने बताएका हुन् । लामिछाने चितवनको क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनले सोमबार नै चितवन जान चाहे पनि चिकित्सकले रोकेका उल्लेख गरेका छन् ।
फागुनमा भने सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह देश दौडामा हिँड्ने तय भइसकेको छ । यसअघि माघ ४ गते लामिछाने र बालेन एकसाथ जनकपुर गएर रास्वपाको पहिलो चुनावी सभामा भाग लिएका थिए । सोही सभामा सहभागी हुन जाने क्रममा लामिछानेको खुट्टा पर्खालमा ठोकिएर चोट लागेको हो । त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२ ०७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

