Harsamaya
सुनचाँदीको मूल्य बढ्यो
सांकेतिक तस्वीरः हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य दुई लाख ८६ हजार ६ सय कायम भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १ सय ३५ रुपैयाँले बढेर पाँच हजार ३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update