Harsamaya
बेलायतमा नेपाली विद्यार्थीको निधन

लन्डन - बेलायतमा  एक नेपाली विद्यार्थीको निधन भएको छ । सप्तरीको हनुमाननगर, कंकालिनी- १० घर भएका २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । 

एनआरएनए युके अध्यक्ष राजेन्द्र पुडासैनीले मण्डल सन् २०२३, सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट पढ्न आएका उनी केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्या भएको जानकारी दिए । पुडासैनीले परिवारको आग्रह बमोजिम स्वर्गीय मण्डलको शव नेपाल पठाउन प्रक्रिया सुरु गरिने बताए ।

मण्डल अध्ययन नसकिँदै नेपाल फर्कने तयारीमा थिए । सन्डरल्याण्ड युनिभर्सिटीलाई तिर्न बाँकी शुल्क तीन हजार पाउण्ड नतिरेका कारण उनी निष्कासित भएका थिए । उनको बेलायत बस्न पाउने अवधि १४ फेब्रुअरी २०२६ सम्म थियो ।

विश्वविद्यालयले निष्कासन गरेपछि अर्को आवेदन नदिए विद्यार्थीलाई ६० दिनसम्म बेलायत बस्न पाउने अधिकार हुन्छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update