पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम हिमपात र वर्षाको सम्भावना
काठमाडौं - हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।
देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२ ०६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

