निपाह भाइरसको जोखिमबाट बच्न तयारी गरिएको छ: स्वास्थ्य मन्त्रालय
काठमाडौैं - सरकारले निपाह भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको स्वीकार गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै जोखिम स्वीकार गरे पनि नेपालमा हालसम्म निपाह भाइरसको संक्रमण पुष्टि नभएको स्पष्ट पारेको छ ।
मन्त्रालयले छिमेकी मुलुक भारतमा निपाह भाइरस देखिएकोले नेपाल पनि जोखिममा रहेको विषयलाई मध्यनजर गरिएको विज्ञप्तिमा लेखेको छ ।
‘...स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ। मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि देशभरका अस्पतालहरूलाई तयारी अवस्थामा राख्नुका साथै शङ्कास्पद बिरामीको नमुना सङ्कलन र परीक्षणको उचित व्यवस्थापन समेत गरिसकेको छ‚’ विज्ञप्तिमा लेखिएको छ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२ २१:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

