Harsamaya
अरनिको राजमार्ग : आजदेखि दुईतर्फी आवागमन
अरनिको राजमार्ग : आजदेखि दुईतर्फी आवागमन कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो । उक्त सडकखण्डमा कालोपत्रेको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने योगेशको भनाइ छ । सात मिटर चौडाईको बन्ने उक्त सडकखण्को सडकमा रहेका पहिरो व्यवस्थापन...
देशभर सुरक्षा चुनौती बढेको भन्दै ‘हाई अलर्ट’मा सुरक्षा निकाय 
देशभर सुरक्षा चुनौती बढेको भन्दै ‘हाई अलर्ट’मा सुरक्षा निकाय  प्रहरी जवानदेखि एसपीसम्मका प्रहरीलाई केन्द्र र जिल्लाहरुमा स्ट्यान्डबाई बस्न प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको छ । त्यस्तै प्रहरी कर्मचारीको बिदामा पनि रोक लगाइएको छ । जिल्ला प्रमुखहरुलाई आफ्नो क्षेत्रमा गस्ती पट्रोलिङ बढाउन र रणनीतिक योजना अनुसार परिचालन हुन निर्देशन गरिएको छ । 
उपभोक्ता अदालतको अध्यक्षमा न्यायाधीश डा भट्टलाई तोक्न परामर्श दिने निर्णय
उपभोक्ता अदालतको अध्यक्षमा न्यायाधीश डा भट्टलाई तोक्न परामर्श दिने निर्णय त्यस्तै, बैठकले विभिन्न जिल्लाका १० न्यायाधीशको सरुवा गर्ने र २० जना जिल्ला न्यायाधीशको पदस्थापन गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै, बिमा ऐन, २०७९ को दफा १४७ को उपदफा (१) को कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने प्रयोजनार्थ ७७ वटा जिल्ला अदालतलाई तोक्न परामर्श दिने निर्णय गरेको छ । 
निपाह भाइरसको जोखिमबाट बच्न तयारी गरिएको छ: स्वास्थ्य मन्त्रालय 
निपाह भाइरसको जोखिमबाट बच्न तयारी गरिएको छ: स्वास्थ्य मन्त्रालय  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै जोखिम स्वीकार गरे पनि नेपालमा हालसम्म निपाह भाइरसको संक्रमण पुष्टि नभएको स्पष्ट पारेको छ । 
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रवीन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी रहेका छन् । पक्राउ परेका रिमाल र पाण्डे माउन्टेन रेस्क्यू सर्भिसमा, अधिकारी र थपलिया नेपाल चार्टर सर्भिस प्रालिमा र पाण्डे र कसी एभरेष्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिमा आबद्ध रहेका थिए ।
बागमती प्रदेश स्तरीय स्व. मनोज श्रेष्ठ स्मृति कप महिला भलिबलको उपाधि धादिङ ‘ए’ लाई
बागमती प्रदेश स्तरीय स्व. मनोज श्रेष्ठ स्मृति कप महिला भलिबलको उपाधि धादिङ ‘ए’ लाई शनिबार भएको फाइनल खेलमा धादिङ टिम ‘ए’ ले सिन्धुपाल्चोकलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। धादिङले सिन्धुपाल्चोकलाई २५–१०, २५–६ र २५–७ को सेटमा पराजित गर्‍यो।
कात्तिक ११ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक ११ : दिनभरका घटनाक्रम एक नजरमा आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
Weather Update