Harsamaya
सुनको मूल्यमा भारी गिरावट,कतिमा हुँदैछ कारोबार ?
सांकेतिक तस्विर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको छ ।

 यससँगै आज बजारमा सुनको मूल्य २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार मात्रै सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो । 

सुनसँगै चाँदीको मूल्यमा पनि सोमबार मन्दी छाएको छ । आइतबार प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३ सय रुपैयाँले ओरालो लागेर ५ हजार २ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update