Harsamaya
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का हिमपात र वर्षा

काठमाडौं - नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको र एक-दुई स्थानमा हल्का हिमपात/वर्षा भइरहेको महाशाखाले जनाएको छ ।  कोशी र मधेश प्रदेशमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update